हेटौँडा : लागुऔषध खैरो हिरोईनसहित एक जना पक्राउ परेका छन् । बिहीबार हेटौँडा–१६, घ्याम्पेडाँडा बस्ने ३८ वर्षीय हरि रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको मोटरसाइकल गस्ती टोलीले रानालाई चेकजाँच गर्दा निजको साथबाट ३ पुरिया लाागुऔषध खैरो हिराईन फेला परेको थियो । रानाको साथबाट फेला परेको लागुऔषध खैरो हिरोईन १ ग्राम ६५० मिलिग्राम रहेको छ । प्रहरीले निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।











