हेटौँडाः बागमती प्रदेशमा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको राप्ती नगरपालिका –१ दर्लामी टोलस्थित जेठार खोलामा एक जना मृत्त अवस्थामा फेला परेका छन् । मृत्त फेला पर्नेमा राप्ती–५, मङ्गलटारीका ६८ वर्षीय लालकहादुर छुमी रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान साढे ८ बजेको समयमा खोलाको पानीमा घोप्टो परेको छुमी मृत्त अवस्थामा फेला परेका थिए ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका –९ प्यारीमा एक वृद्ध मृत्त अवस्थामा फेला परेका छन् । मृत्त फेला पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका –६ का ६० वर्षीय सुर्य बहादुर खत्री रहेको प्रहरीले जानकारी एिको छ । खत्री बुधबार बाह्रबिसे –९ स्थित खोल्सामा मृत फेला परेको थिए ।
नुवाकोटको किस्पाङ गाउँपालिका –३ गुन्सामा कुटपिटबाट घाइते भएका एक पुरुषको मृतयु भएको छ । घाइते ५२ वर्षीय कामी तामाङको बुधबार दिउसो ५ बजेर ५० मिनेटको समयमा न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जानकारी दिएको छ । फागुन १३ गते आफ्नै भाई ५१ वर्षीय सेलबहादुर तामाङले लट्ठीले टाउकोमा प्रहार गर्दा उनी घाइते भएका थिए । प्रहरी आईतबार नै सेल बहादुरलाई किस्पाङ –२ चिलाउनेबाट नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको छ ।











