हेटौँडाः हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहीबारदेखि नियमित पठनपाठन सुचारु हुने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि हेटौँडाका अन्य विद्यालयहरुमा पठनपाठन सुरु भएपनि भुटनदेवी माविमा पढाई सुरु भएको थिएन ।
मकवानपुरको दुबै निर्वाचन क्षेत्रको मतगणना भुटनदेवी माविमा भएकाले पठनपाठन नभएको हो । मंगलबार सम्पूर्ण मतगणना कार्य सम्पन्न भएको छ ।
यसैबीच विद्यालयले सोमबारदेखि हेटौँडा क्याम्पसको भवनमा पूर्व एसईई परीक्षा सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे बताउनुभयो । पूर्व एसईई परीक्षा बुधबारदेखि विद्यालयको आफ्नै भवनमा सञ्चालन हुने भए पनि नियमित कक्षा बिहीबारदेखि मात्रै सञ्चालन हुने प्रधानाध्यापक घिमिरेले जानकारी दिनुभयो ।











