सांकेतिक तस्वीर ।

हेटौँडाः हेटौँडा–१२, कल्याणटार बलटोलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा २३ वर्षीय सुरेन बल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सुरेन बुधबार बिहान घरमा कसैलाई नभनी हिडेका थिए । उनलाई खोजतलाश गर्दै जाँदा शुक्रबार बिहान ९ बजेको समयमा काँस घाँरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा उनि लामो समय देखी छारे रोगको बिरामी रहेको प्रहरीले जानकारी दिएको छ ।