हेटौँडा : काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपा उम्मेदवार सुनिल केसी विजयी हुनुभएको छ । पहिले राप्रपाको राजनीति गर्ने केसीले रास्वपाका बरिष्ठ नेता बालेन शाहको साथ र समर्थनमा काठमाडौं–२ मा विजयी हुनुभएको हो । बालेनका सहयोगी रहेका केसीले काठमाडौं–२ मा ३४ हजार २३८ मत सहित जित निकालेका हुन्। उनले कांग्रेसिका करिव राणा ८ हजार ८७४ मत, राप्रपाका कुन्ती पोखरेललाई ५ हजार २१० मत र एमालेका मणि फुयाललाई ४ हजार ७५९ मत सहित पराजित गर्नुभएको हो ।
२०७९ को निर्वाचनमा राप्रपाबाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका केसीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । बालेनको बलियो साथका कारण २०७९ को निर्वाचनमा रास्वपाकी सोविता गौतमले जितेको उक्त क्षेत्रमा केसीले टिकट पाउनुभएको थियो । गौतमलाई काठमाडौंबाट चितवन झारेर काठमाडौं–२ मा टिकट दिइएको उम्मेदवार केसी प्रदेशसभामा उनले निर्वाह गरेको ३ वर्षको कार्यकाल निश्किृय जस्तै देखिन्छ । संसदमा उनको भुमिका खासै देखिदैन । ३ वर्षको अवधिमा उनी न संसदमा बोल्न गए । न नागरिकको समस्यामा हाजिर भए । बालेन काठमाडौंको मेयर निर्वाचित भएदेखि नै उहाँ महानगरपालिका केन्द्रीत हुनुभएको थियो । प्रदेशसभाले विधेय पारित गर्दा होस् वा बजेट केसी उपस्थित हुँदैन थिए । सरकार गठनको समयमा छिटपुट रुपमा संसदमा हाजीर भएका केसीको बागमती प्रदेशसभाको रेकर्डमा पछिल्लो २ वर्षमा ५ पटक उपस्थिती देखिन्छ भने सम्बोधन शुन्य ।
केसीले २०७९ को प्रदेशसभाको निर्वाचनमा काठमाडौं–२ (क) बाट निर्वाचित हुँदै एमालेका सानुकमार श्रेष्ठलाई पराजित गर्नुभएको थियो । सो निर्वाचनमा केसीले १ हजार ५१९ मतान्तरले श्रेष्ठलाई पराजित गर्नुभएको थियो। केसीले ६ हजार ५९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत ल्याउनु भएको थियाृ । श्रेष्ठ बागमती प्रदेशका पूर्व सभामुख हुन् । राप्रपाका केसीले रास्वपा पार्टीबाट टिकट पाएपछि कार्यकाल बाँकी रहँदै प्रदेशसभाबाट राजीनामा दिनुभएको थियो ।











