हेटौँडा : सिन्धुपाल्चोक जिल्लाको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–२, स्थित ९ किलो क्षेत्रमा बोलेरो सडक छेउमा पार्किङ गरी राखिएको कन्टेनर डिब्बा (ट्रेलरको अगाडिको हेड भाग नभएको) मा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शनिबार बिहानको समयमा तातोपानीबाट बाह्रबिसे तर्फ आउँदै गरेको बा.प्र.०१–०३० च.३४८० नम्बरको बोलेरो सडक छेउमा पार्किङ गरी राखिएको कन्टेनर डिब्बा (ट्रेलरको अगाडिको हेड भाग नभएको) मा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा बोलेरो चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२, दुरुमथलिका २३ वर्षीय काजी शेर्पासहित बोलेरोमा सवार २१ वर्षीय सुजन तामाङ, २० वर्षीय विशाल तामाङ, १८ वर्षीया सलिना शेर्पा, २२ वर्षीय पाल्देन शेर्पा र २२ वर्षीय तेम्बा शेर्पा घाइते भएका थिए । घाइते सुजनको धुलिखेल अस्पताल उपचारको क्रममाम शनिबार बिहान २ बजेर ५० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।











