प्रजातन्त्र दिवस मूल समारोहमा झाँक्री नाच प्रस्तुत गर्दै ।

हेटौँडा : प्रजातन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी बिहिबार सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ मूल समारोह समिति बागमती प्रदेशको आयोजनामा विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको हो । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्य तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा प्रजातन्त्र दिवस मूल समारोह भएको हो ।

प्रजातन्त्र दिवस समारोहमा नेवार जातिको धिमे बाजा समूह, तामाङ जातिको झाँकी नाच प्रदर्शन गरिएको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा भएको कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, सचिव, सेना, नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियो ।