आशिक यादव

एक दिन दिउँसो १२ बजेको समयमा गुरुआमा एक्कासी आउनु भयो अनि गुरुआमाले भन्नु भयो रेडियोमा अन्तरवार्ता दिन तिमी र करिश्मा जाउ है । सुरुमा खुसी लाग्यो, तर त्यससँग डर पनि लाग्यो । ‘म बोल्दा अड्किएँ भने ? आवाज राम्रो नआए के होला ?’ जस्ता हलचल मनमा हुन थाल्यो । अनि गुरुआमाले भन्नुभयो हाम्रो स्थानीय एफएम (रेडियो निकास) मा जाने कुरा गुरुआमाले बताउनुभयो । गुरुआमाले भन्नुभयो खासै आत्तिनु पर्दैन तिमीहरुले जानिराखेकै विषयमा बोल्ने हो । त्यहाँ गएर बोलेपछि आफूमा आत्मविश्वास नि बढ्छ । बोल्ने बानीको अभ्यास पनि हुन्छ भनेर हामीलाई उत्साह जगाइदिनुभयो अनि मैले पनि आँट गरेर गए ।

म र मेरो साथी कुराकानी गर्दै रेडियोमा के बोल्ने, कसो बोल्ने भनेर बाटोमा कुराकानी गर्दै गएँ । मेरो साथीले त मलाई त केही बोल्न आउँदैन रेडियोमा के बोल्ने होला त्यहाँ गएर भनिन र हामी त्यहाँ पुगेपछि हामीलाई दुईवटा रेडियो देखियो र हामी त्यहाँ लेखिएको पोष्टर पढेर हामी रेडियो निकासमा पुग्यौं । रेडियो निकास सबैभन्दा टप फ्लोरमा थियो अनि रेडियो स्टेशन पुगेपछि त्यहाँको वातावरण निकै फरक र रोचक लाग्यो । त्यहाँ धेरै पुरस्कारहरु प्राप्त गरेर पनि (रेडियो निकासले) राखेको थियो । सानो तर व्यवस्थित स्टुडियो, माइक्रोफोन, हेडफोन र साउण्ड मिक्सर देख्दा कौतूहल जाग्यो ।

कार्यक्रम संचालकले मुस्कुराउँदै स्वागत गर्नुभयो । अनि हाम्रो परिचय लिनुभयो र उहाँले आफ्ने परिचय दिँदै सोध्नु भयो, ‘तिमी कति कक्षामा पढ्छौँ ?’ भनेर मलाई सोध्नुभयो अनि मैले पनि भने म कक्षा ९ मा पढ्छु । त्यसपछि उहाँले मेरो परिवार र पढाईको बारेमा सोध्नुभयो । पहिला भन्नुभयो तिम्रो बाबाले के काम गर्नुहुन्छ र भाइ–बहिनी कुन स्कुलमा पढ्छन् भनेर मलाई प्रश्न सोध्नुभयो अनि मैले पनि अलि आँट गरेर भने मेरो बाबाले फर्निचरको काम गर्नुहुन्छ र मेरो भाई, बहिनी म पढेकै विद्यालयमा पढछन् । उहाँले मलाई सोध्नुभयो तिमी भविष्यमा गएर के बन्ने विचार गरेको छौँ र तिमीलाई कुन खेलमा रोमाञ्चक लाग्छ । अनि मैले पनि नआत्ती साहस गरेर भने मलाई भविष्यमा शिक्षक बन्न मन पर्छ अनि सबैलाई शिक्षा दिन र शिक्षित बनाउने मेरो लक्ष्य हो ।

हाम्रो पिडी अझ मजबुत होस् भन्ने मेरो चाहना छ । मलाई सबभन्दा मनपर्ने खेल रिले दौड हो । मलाई ट्रयाकमा दौडिन धेरै रमाइलो लाग्छ । अनि मलाई अन्तिम प्रश्न सोध्नुभयो तिमीले पढाईलाई कति समय दिने गरेको छौँ भनेर मलाई प्रश्न सोध्नुभयो अनि मैले प्रश्नको जवाफ दिएँ म बिहान ६ः०० बजे उठेर कोचिङ जान्छु अनि बेलुका ४ः०० बजेपछि फेरि दुई पिरियड कोचिङ पढ्छु अनि फेरि ५ः५० मा हाम्रो कोचिङ छुट्टी हुन्छ अनि म घर ७ः०० बजेसम्म आइपुग्छु अनि केही समय म माइन्ड फ्रेस गर्न छतमा गएर बस्छु अनि आधि घण्टा पछि आएर आफ्नो गृहकार्यहरु गर्न थाल्छु । अनि रातीको कहिले १०ः०० बजे त कहिले ११ः०० बजे सुत्ने गर्छु । आफ्ना अनुभव र विचार सपना व्यक्त गर्दा मन खुल्दै गयो । संचालकको प्रोत्साहन र सकारात्मक प्रतिक्रिया पाउँदै जाँदा आत्मविश्वास पनि बढ्यो । केही ठाउँमा शब्द खोज्न समय लागेपनि सम्हाँलेर अघि बढेँ ।

यस अनुभवले मलाई धेरै कुरा सिकायो, तयारीको महत्व स्पष्ट र सुस्पष्ट बोल्ने अभ्यास र डरलाई अवसरमा रुपान्तरण गर्ने साहस । आज पनि कुनै कार्यक्रममा बोल्नुपर्दा त्यो पहिलो अन्तरवार्ताको सम्झनाले प्रेरित गर्छ । निश्कर्षमाः पहिलो पटक रेडियोमा अन्तरवार्ता दिनु मेरो जीवनको महत्वपूर्ण मोड बन्यो । यसले मेरो व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पा¥यो र भविष्यमा अझ सदैव उज्यालो बनेर रहनेछ ।

कक्षा–९, ज्ञानदा माध्यमिक विद्यालय, हेटौँडा–१०