हेटौँडा : हेटौँडा–५ स्थित संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा खुल्ला निःशूल्क दन्त शिविर सम्पन्न भएको छ । शनिबार भएको शिविरमा ८७ जनाको दन्त परीक्षण भएको सहकारीका व्यवस्थापक प्रकाश बहादुर खनालले जानकारी दिनुभयो ।
शिविर स्वास्थ्य तथा वातावरण उपसमितिका संयोजक पदम बहादुर बजगाईको सभाध्यक्षता तथा सहकारीकी अध्यक्ष जानकी चौधरीको प्रमुख आतिथ्य रहेको थियो । शिविरमा राप्ति डेन्टल क्लिनिकका चिकित्सक डा. अरिफ करिमले स्वास्थ्य जाँच गर्नुभएको थियो । शिविरमा दन्त परीक्षण गराएका सबैलाई निःशूल्क औषधि वितरण गरेको थियो । कार्यक्रममा सहकारीका संस्थापक पूर्णबहादुर खनालको पनि आतिथ्य रहेको थियो । शिविरमा सहकारी सदस्य तथा गैरसदस्यले लाभ लिएका छन् ।











