हेटौंडाः नेपाल तामाङ घेदुङ मकवानपुरका कार्यबाहक अध्यक्ष कालु घलानले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि स्थापना गरिएको गौरिटारस्थित आइसोलेशन वार्डमा फलफुल तथा स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा पुगी घलानले आज आइसोलेसन वार्डका मेडिकल अधिकृत डा. सन्तोष यादवलाई फलफुल हस्तान्तरण गर्नुभयो । उहाँले आइसोलेसन वार्डमा रहेका ८४ जना सङ्क्रमितका लागि २५ किलो स्याउ, १५ दर्जन केरा, ३० प्याकेट पाउरोटी, १० लिटर दूघ र एकसय थान मास्क हस्तान्तरण गर्नुभएको थियो ।