हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको ४६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित दौड प्रतियोगितामा छात्रतर्फ राजकुमार गोले र छात्रातर्फ करुणा पाख्रिन प्रथम भएका छन् । आइतबार क्याम्पसको वार्षिकोत्सवको अवसरमा क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको दौड प्रतियोगितामा मानविकी संकायका गोले र शिक्षाशास्त्र संकायकी पाख्रिन प्रथम भएका हुन् ।

प्रतियोगितामा छात्रतर्फ व्यवस्थापन संकायका सचिन गुरुङ द्वितीय र विज्ञान संकायका साहेब हवारी तृतीय भए । यसैगरी छात्रातर्फ शिक्षाशास्त्र संकायकी आयुषा लामा द्वितीय र विज्ञान संकायकी योजना अधिकारी तृतीय भईन् । प्रतियोगितामा छात्रतर्फ १६ जना र छात्रातर्फ ६ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजेताहरुले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा छात्राहरुलाई मकवानपुर बहुमुखी क्याम्पसदेखि सानोपोखरा चोक हुँदै हेटौँडा–५ स्थित क्याम्पा रङ्गशालासम्म पुग्नुपर्ने थियो भने छात्रहरुलाई त्यहि बाटा भएर पुनः क्याम्पसमै फर्कनुपर्ने थियो । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ । सोमबार (माघ १९ गते) क्याम्पसको स्थापना दिवस रहेको छ ।