हेटौंडाः मकवानपुर जिल्लामा आइसोलेसन बेडको सङ्ख्या थप भएको छ । भीमफेदी गाउँपालिकामा १० बेड र बकैया गाउँपालिकामा ३० बेडको आइसोलेसन थप भएसँगै जिल्लामा आइसोलेसन बेडको सङ्ख्या २१७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयोे ।
आज हेटौंडा ४ कर्रास्थित आइसोलेसन वार्डमा १ जना, हेटौंडा ६ को गौरिटार आइसोलेसनमा १४ महिलासहित ८६ जना पुरुष, मनहरी आइसोलेसनमा ६ जना उपचाररत छन् । हिजो बिहीबारसम्म जिल्लामा १ सय ७० जना होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।