नेपथ्यको कन्सर्ट आयोजनासम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरु ।

हेटौँडा : लोकप्रिय लोक–रक ब्यान्ड ‘नेपथ्य’ को कन्सर्ट बुधबार हेटौँडामा हुने भएको छ । रमाइलो इभेन्टस् हेटौँडाको आयोजनामा नेपथ्यले कन्सर्टको आयोजना गर्न लागेको हो ।

शुक्रबार आयोजकले पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको छ । रमाइलो इभेन्टस्को आयोजनामा माघ २१ गते नेपथ्य लाइभ कन्सर्ट हुनेछ । कन्सर्ट हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको मैदानमा हुनेछ । नेपथ्य तेस्रो पटक हेटौँडा आउन लागेको हो । कन्सर्टमा ८ हजार भन्दा बढी मानिस आउन सक्ने अनुमान गरिएको र अहिले २ हजार भन्दा बढी टिकेट बिक्री भएको आयोजकको भनाइ छ । टिकटको मूल्य सामान्यतर्फ १५ सय रुपैयाँ र भिआईपीका लागि ४ हजार रुपैयाँ तोकिएको छ ।

कन्सर्ट आयोजनामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तीमध्ये ६० लाख रुपैयाँ व्यान्डले र अन्य रकम प्रायोजकहरुबाट र टिकटबाट संकलन गरिने जानकारी दिएको छ । अमृत गुरुङ नेतृत्वको नेपथ्य ब्यान्डले विगत ३० वर्षदेखि प्रस्तुती दिँदै आएको छ । संगीतमा रुचि राख्ने व्यक्तिहरु, युवाहरु र संस्कृतिप्रेमीहरुसहित मानिसहरुलाई एउटै प्लेटफर्ममा एकसाथ ल्याउने उद्देश्यले कन्सर्ट आयोजना गरिएको आयोजको भनाइ छ ।