प्रहरीले बरामद गरेको लागूऔषध ट्रामाडोल

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम सडक खण्डबाट लागूऔषध ट्रामाडोलसहित एक जना युवक पक्राउ परेका छन् । बुधबार साँझ ६ बजेर ५० मिनेटको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका व्यक्तिलाई रोकी सुरक्षा जाँच गर्दा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–६ निवासी का २४ वर्षीय सुजन थोकर रहेका छन् । प्रहरीले उनको साथबाट १७५ ट्याब्लेट ट्रामाडोल फेला परेको जनाएको छ । पक्राउ परेका थोकरलाई लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि हिरासतमा राखि थप अनुसन्धान भई रहेको छ ।