हेटौँडा : अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसार–पसार गर्दै आएका ६ वटा ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–११ स्थित राप्ती खोलाबाट अवैध रूपमा ढुंगा, बालुवा र गिट्टी उत्खनन तथा ओसार–पसार गरिरहेको ट्याक्टरहरू नियन्त्रणमा लिएको थियो ।
प्रहरीले ना २ त ८५९८, ग १ त ७२४२, बा.प्र. ०३–००१ त ३९९, ना ६ त ६९०२, लु.प्र. ००३–००१ त ००४३ र ना ६ त ९८९९ नम्बरको ट्याक्टरहरू नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएकाट्याक्टरहरूको अनुसन्धान भई रहेको छ । नदिजन्य पदार्थको अवैध उत्खननले वातावरणीय क्षति तथा नदी प्रणालीमा प्रतिकूल असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।











