रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : २५औं सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ।

हेटौँडास्थित सशस्त्र प्रहरी बल १४ नम्बर गणको आयोजनामा बिहीबार बिहान सम्पन्न कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन्। रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।