हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–७ तेह्रसालचोक नजिक अटो अनियन्त्रित भई नहरमा खस्दा एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजेर ३५ मिनेटको समयमा बा.प्र.०३–००१ ह १८८२ नम्बरको अटो आफैं अनियन्त्रित भई नहरमा पल्टिँएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा अटोमा सवार चितवनको रत्ननगर नगरपालिका–१० भानुचोक बस्ने ७० वर्षीया जमुनादेवी खनाल गम्भीर घाइते भएकी थिइन् ।घाइते खनाललाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा दिउँसो ४ बजेर ५० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अटो चालक चितवन भरतपुर महानगरपालिका–५ तोरीखेत बस्ने ४९ वर्षीय शेरबहादुर विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।