दुर्घटनाग्रस्त कार ।

हेटौँडा : हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिकाको जुरिखेतमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–६, जुरिखेतमा शुक्रबार दिउँसो कार दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।

हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–०२६ च ३८९० नम्बरको कार सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दिउँसो २ बजेको समयमा दुर्घटनामा घाइते भएकाहरुलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको टोलीले उद्दार गरेर उपचारका लागि पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नाउव उपरिक्षक पुस्कर बोगटीका अनुसार दुर्घटनामा कार चालकसहित ३ जना घाइते भएका छन् । घाइतेहरुलाई तत्काल उद्दार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको उहाँले बताउनुभयो ।