हेटौँडा : हेटौँडा–१२, आपधापस्थित राप्तीखोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मृत फेला पर्नेमा काठमाडौँ जिल्लाको बुढानिलकण्ठ नगरपालिका–८ घर भई हाल हेटौँडा–१२ भोर्ले माइतीघरमा सुत्केरी स्याहारका लागि आएकी ३७ वर्षीया मिलन स्याङ्तान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार बिहान ८ बजेको समयमा एक महिनाको शिशु छोडेर माइती घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन् । उनलाई खोजतलास गर्ने क्रममा राप्ती खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।











