हेटौँडा : नुवाकोट जिल्लाको विदुर नगरपालिका–२, संगमचोकमा घरको छतबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ वर्षीया प्रनब्या थापा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार बिहान ८ बजेर ३० मिनेटको समयमा प्रनब्या आफ्नै चार तले घरको छतमा खेलिरहेको अवस्थामा अचानक तल खसेर गम्भीर घाइते भएकी थिइन् । बालिकालाई त्रिशूली अस्पताल नुवाकोट सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँको बासबारीस्थित न्युरो अस्पतालमा रिफर गरिएको थियो । उपचारकै क्रममा बिहान ११ बजेर ४५ मिनेटको समयमा काठमाडौँ बासबारीस्थित न्युरो अस्पतालमा बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ ।











