हेटौँडाः यु–१४ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको सेमिफाइनलमा बुधबार हेटौँडा–१० स्थित सोलीडायरिटी इङ्लिस बोर्डिङ स्कूलले हेटौँडा–१५ स्थित गुरु शिष्य पाठशालासँग र हेटौँडा–१६ स्थित रेडरोज इङ्लिस बोर्डिङ स्कूलले महेन्द्र माध्यमिक विद्यालयसँग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार भएको खेलमा गुरु शिष्य पाठशालाले बागमतीको देवकी माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । अर्को खेलमा महेन्द्र माविले हेटौँडा–७ स्थित तासिर इङ्लिस बोर्डिङ स्कूललाई १–० गोलअन्तलरले र रेडरोजले हेटौँडा–१५ स्थित जनजागृति माध्यमिक विद्यालयलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आज (बुधबार) हुँदैछ । प्रतियोगिताको विजेता टोलीले २५ हजार र उपविजेता टोलीले १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।