हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–९ काँडाघारीमा मोटरसाइकल विद्युतको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।

आइतबार साँझ ६ बजेको समयमा काँडाघारीबाट बसन्तचोकतर्फ जाँदै गरेको बा ९५ प ९४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किँदा धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० घर भई हाल भरतपुर–९ शरदपुर बस्ने ३९ वर्षीय रुद्र गुरुङ गम्भीर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । घाइते गुरुङलाई उपचारका लागि भरतपुर सरकारी अस्पतालमा उपचार लगिएको थियो । उपचारको क्रममा आइतबा राती ११ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।