हेटौँडा : जेसीआई हेटौँडा वर्ष २०२६ को अध्यक्षका लागि सन्तोष पराजुली र जीवन ढकालको उम्मेद्वारी परेको छ । निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार उम्मेद्वारी दर्ता भएको हो । निर्वाचन समितिले शुक्रबार अन्तिम नामावली प्रकाशन गरेको छ ।
निर्वाचन कार्यक्रमअन्तर्गत मतदानको कार्यक्रम शनिबार हेटौँडा–९, कर्रास्थित जेसीज सचिवालयमा हुनेछ । २ जना कार्यकारिणी उपाध्यक्षका लागि ३ जनाको उम्मेद्वारी परेको छ । कार्यकारिणी उपाध्यक्षमा विपिन ताम्राकार, संजय कुमार न्यौपाने र संजीव तिमल्सिनाको उम्मेदवारी परेको छ । यस्तै ४ जना उपाध्यक्षमा भने सर्वसम्मतरुपमा अशोक कुमार सिंह, विनोद वाग्ले, विवेक बानियाँ र श्रृजन बज्राचार्य निर्वाचित भएका छन् ।
निर्वाचन समितिले अध्यक्ष र कार्यकारिणी उपाध्यक्ष चयनका लागि शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरेको छ । युवाको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यसहित जेसीज क्रियाशील रहँदै आएको छ ।











