हेटौंडा : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पालिकास्तरीय एकता विस्तारित बैठक सम्पन्न भएको छ । सोमबार मकवानपुर जिल्लाका इन्द्रसरोबर र कैलाश गाउँपालिका बाहेकका ८ वटा स्थानीय तहमा एकता बैठक भएको साविक नेकपा माओवादी केन्द्रका मकवानपुर इन्चार्ज एवम् नेकपाको केन्द्रीय सदस्य विजय गौतमले जानकारी दिनुभयो ।
बिहीबार हेटौंडा–४, गर्दोइस्थित जिल्ला पार्टी कार्यालयमा नेकपाको मकवानपुर जिल्ला समितिको विस्तारित एकता बैठकले पालिकास्तरीय एकता बैठक गर्ने निर्णय गरेको थियो । एकता बैठकमा स्थानीयदेखि केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।
थाहा गाउँपालिकामा भएको बैठकमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य थियो । बकैयामा केन्द्रीय सदस्य गौतम र हेटौंडामा केन्द्रीय सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्य रहेको थियो । इन्द्रसरोवर गाउँपालिकामा आज मंगलबार र कैलाश गाउँपालिकामा भोलि बुधबार एकता बैठक हुने नेता गौतमले बताउनुभयो ।











