हेटौँडा : बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर शाहीले हेटौँडास्थित मानवसेवा आश्रमको अवलोकन गर्नुभएको छ । सचिव शाहीले शनिबार आफ्ना श्रीमती र छोरीसहित हेटौँडा–९, लामसुरेधापस्थित आश्रमको केन्द्रीय कार्यालयको स्थलगत अवलोकन गर्नुभएको हो ।
आश्रमको अवलोकन भ्रमणका क्रममा आश्रमका मकवानपुर जिल्ला संयोजक इशा थापाले सहजीकरण गर्नुभएको थियो । सो क्रममा सचिव शाहीले आश्रममा आश्रित वृद्धवृद्धाहरुको अवस्था र आश्रमको व्यवस्थापनका विषयमा जानकारी लिनुभएको संयोजक थापाले जानकरी दिनुभयो । आश्रमको केन्द्रीय कार्यालयमा हाल २ सय ५० जना वृद्धवृद्धाहरु सेवा लिइरहेका छन् ।











