हेटौँडा : मकवानपुरगढी गाउँपालिका–८ का ४१ वर्षीय श्याम पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध गाँजासहित शुक्रबार दिउँसो साढे १ बजेको समयमा प्रहरीले फर्पिङबाट पाख्रिनलाई ९ किलो लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।
पाख्रिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । बीरगन्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०६१२ नम्बरको यात्रुबाहक भ्यानमा सवार पाख्रिनको साथबाट गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पाख्रिनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।











