कार्य समितिको तस्वीर ।

हेटौंडा : हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलको स्क्र्याबल (शब्द बनाउने खेल) क्लबको अध्यक्षमा कक्षा ९ मा अध्ययनरत स्वर्णिम सुवेदी चयन हुनुभएको छ । बिहीबार सुवेदीको अध्यक्षतामा २५ जनाको सहभागितामा क्लब गठन गरिएको विद्यालयकी शिक्षक निर्मला अर्यालले जानकारी दिनुभयो ।

क्लबको उपाध्यक्षमा गरिमा श्रेष्ठ, सचिवमा अङ्कित गौतम र कोषाध्यक्षमा हर्षिता भगत चयन हुनुभएको छ । सदस्यहरुमा सायुज्य देवकोटा, अनुष्का धामी, श्रीराम पोखरेल, समीप न्यौपाने, तामाङ, समर पाण्डेलगायत चयन भएका छन् । यस्तै, सल्लाहकारमा आदित्य चौलागाईं, उषा बर्तौला, एलिसन राउत र कल्याण पाण्डे चयन हुनुभएको छ ।

क्लबले स्क्र्याबल खेलका बारेमा जानकारी गराउने, विभिन्न कार्यक्रमको आयोजना गर्ने, हप्तामा एक पटक पुस्तकालय लगेर खेल खेलाउनेलगायतका कार्यहरु गर्नेछ । यसअघि क्लबको अध्यक्षमा रोमिसा तामाङ रहनुभएको थियो ।समितिको कार्यकाल एक वर्षको रहनेछ ।

समिति चयनमा विद्यालयका प्रिन्सिपल विनोद सुवेदीको सभाध्यक्षता तथा स्क्र्याबल क्लबका जिल्ला संयोजक विवशजङ थापाको प्रमुख आतिथ्य रहेको थियो । विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको विशिष्ट आतिथ्य रहेको अर्यालले जानकारी दिनुभयो ।