हेटौंडा : रोटरी क्लब अफ हेटौंडाले विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । बिहीबार क्लबले भीमफेदी गाउँपालिका–१, सानुटारस्थित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको क्लबका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।
विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म अध्ययनरत ३ सय जना विद्यार्थीहरुलाई कपी, कलम, पेन्सिल र अन्य शैक्षिक सामग्री वितरण गरिएको हो । यो सहयोगले विद्यालय र विद्यार्थी दुबैको उत्साह बढेको विद्यालयका प्रधानाध्यापक मानबहादुर घलानको भनाइ छ । बालबालिकाको आधारभूत अधिकार सुनिश्चित गर्न र विद्यार्थीलाई अध्ययनप्रति प्रेरित बनाउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष प्रधानले बताउनु भयो ।











