हेटौँडा : सडक बालबालिका व्यवस्थापनमा सक्रिय हेटौँडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाल मकवानपुरलाई जन्मदिनको अवसरमा सहयोग प्राप्त भएको छ । मामाघरलाई शनिबार र आइतबार १६ हजार ५ सय रुपैयाँ नगदसहित एक छाकको खाना सहयोग उपलब्ध भएको हो ।
आइतबार सिमरा–४ निवासी माया ढकालले आफ्नो जन्मदिनको अवसरमा साथीहरूका साथ मामाघर नेपाल मकवानपुरलाई १० हजार ५ सय रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । ढकालको तर्फबाट ७ हजार उहाँको साथीहरु शान्ति लामिछानेले २ हजार र अन्जु खतिवडाले एक हजार ५ सय रुपैयाँ गरि १० हजार ५ सय रुपैया प्रदान गर्नुभएको हो ।
सोहिदिन हेटौँडा–४ निवासी मधुसूदन पोखरेल र सन्दिपा बिँडारीका छोरा सुशान पोखरेलको पहिलो जन्मदिनमा भान्जाहरुलाई एकछाकको खाना सहयोग गर्नुभएको छ । यस्तै शनिबार हेटौँडा–१९ निवासी प्रलाद बर्तौला तथा सरस्वती बर्तौलाको छोरी हाल अष्ट्रेलिया रहनुभएकी रोजि बर्तौलाले आफ्नो जन्मदिनको अवसरमा मामाघरलाई नगद ६ हजार बराबरको बेलुकी खाना सहयोग उपलब्ध गराउनुभएको थियो । हाल मामा घरमा २१ जना भान्जाहरु हुनुहुन्छ ।











