मामाघर नेपाललाई सहयोग पश्चात खिचिएको तस्वीर ।

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–११ स्थित मामाघर नेपाललाई दुई दिनमा नगद १६ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । मामाघर नेपाल सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय रहेको संस्था हो ।

बुधबार राजीव अधिकारी र निश्चल पौडेलले देउसी भैलो २०८२ समूहको तर्फबाट नगद १५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । बिहीबार स्थानीय भीमसेन पौडेलले छोरा प्रत्युस पौडेलको जन्मदिनका अवसरमा भान्जाहरुका लागि खाद्यान्न सामग्रीसहित नगद १ हजार ५ रुपैयाँ सहयोग गर्नुभएको हो ।

यसैगरी, स्थानीय इसान मैनालीले आफ्नो जन्मदिनको अवसरमा भान्जाहरुका लागि खाद्यान्न सामग्री उपलब्ध गराउनु भएको छ । मामाघर नेपालमा प्रायः दिनहुँ विभिन्न व्यक्तिहरुले जन्मदिन, वैवाहिक वर्षगाँठ तथा पित्तृहरुको सम्झनामा सहयोग उपलब्ध गराउने गरेको संस्थाले जानकारी दिएको छ ।