हेटौँडा : हेटौँडा–११ थानाभर्याङस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । मंगलबार साँझ ५ बजेर २० मिनेटको समयमा हेटौँडाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त १४२९ नम्बरको खाली ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००५ प ८०५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा हेटौँडा–५ सानोपोखराका ३४ वर्षीय गौरव ढकाल घाइते भएका छन् । घाइते गौरवलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल लगिएको छ । दुवै सवारीसाधन नियन्त्रणमा लिए पनि ट्याक्टर चालक हेटौँडा–११ थानाभर्याङका कृष्ण बल हाल फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।