हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–३, नियालो भञ्ज्याङ सिमसार डाँडामा मानव कङ्काल फेला परेको छ । बिहीबार दिउँसो १२ बजेर २० मिनेटको समयमा पाखोबारीमा रहेको काफलको रुखको फेदमा कङ्काल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ

कंकाल ओखलढुङ्गा जिल्लाको मेलुङ गाउँपालिका–८ घर भई हाल पनौती नगरपालिका–१ मा डेरा गरी बस्ने ३६ वर्षीय फुर्वा तामाङको रहेको भनि मृतककी श्रीमती डोल्मा शेर्पाले सनाखत गरेकी थिइन् । फुर्वा गत भदौ १२ गतेदेखि हराइरहेका थिए र सो विषयमा भदौ १४ गते कुशादेवी प्रहरी चौकीमा हराएको निबेदन दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । कङ्काल मुचुल्का पश्चात पोस्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।