हेटौँडा : हेटौँडा–१९, नेवारपानीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री घाइते भएकी छिन् । बुधबार साँझ ६ बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४५ प १६१९ नम्बरको मोटरसाइकलले रामेछाप जिल्लाको गोकुल गंगा गाउँपालिका–४, हलुवा घर भई हाल नेवारपानी बस्ने ६५ वर्षीया कालिकादेवी घिमिरेलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक चितवन जिल्लाको राप्ती नगरपालिका–११, प्रगतिटोलका ३६ वर्षीय राम न्यौपाने पनि घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा सामान्य उपचार पश्चात थप उपचारका लागि कालिकादेवीलाई मकवानपुर सहकारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।











