प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ ।

हेटौँडा : मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठको सरुवा भएको छ । आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट मकवानपुरकी प्रजिअ श्रेष्ठसहित ३६ जना प्रजिअको एकसाथ सरुवा गरेको हो ।

श्रेष्ठले गत फागुन १५ गते मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । श्रेष्ठलाई सिन्धुली जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । मकवानपुरमा बसन्त अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापन गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । अधिकारी सिराहाबाट सरुवा भएर मकवानपुर आउन लाग्नुभएको हो ।