हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–७, खनालथोकमा अरिगांल चिलेर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २१ वर्षीय सौरव लामा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार साँझ ५ बजेको समयमा बारीमा काम गर्न जाने क्रममा अरिगांलले चिल्दा सौरव गम्भिर घाइते भएका थिए । सौरभलाई उपचारका लागि काभ्रेस्थित धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।











