साधारणसभाको अवसरमा ज्येष्ठ सदस्यलाई सम्मान गरिँदै ।

हेटौँडा : उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा शनिबार हेटौँडा–११ नवलपुरमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष दिनेश बिडारीको सभाध्यक्षतामा भएको साधारणसभामा सचिव रामेश्वर नगरकोटी, कोषाध्यक्ष लक्ष्मी मैनालीले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाको सेयर सदस्य २ हजार जना, कूल सेयरपूँजी १ करोड २६ लाख, कुल ऋण लगानी ७ करोड, विभिन्न कोषहरुमा ५५ लाख रुपैयाँ रहेको अध्यक्ष बिडारीको प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारणसभामा असल बचतकर्ता ९५ जना, असल ऋण कारोबारी ४३ जना, जेष्ठ नागरिक ४५ जना र ४ जना बालबचतकर्तालाई सम्मान गरिएको थियो ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले यो वर्षदेखि सहकारीका सदस्यहरुलाई साधारणसभामा सहभागी भएको अवस्थामा यातायात खर्चवापत रकम वितरण नगर्न निर्देशन गरेको छ । साधारणसभामा प्रमुख अतिथि, विशेष अतिथिलगायत आमन्त्रण नगर्न निर्देशन गरेको छ ।