हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाको एकै परिवारका ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बकैया गाउँपालिकाको एकै परिवारका ५० वर्षका बुवा, २० वर्ष र १७ वर्षका दुई दिदीबहिनीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित मध्ये १ जना २० वर्षकी महिला हेटौंडा–१० स्थित पञ्चरत्न सहकारी संस्थाको कर्मचारी रहेको भन्ने बुझिएको छ । उनीहरुको परिवारमा ७ जना सदस्य रहेका छन् भने परिवारका सबै सदस्यहरुको कोरोना परिक्षण गर्ने तयारी भइरहेको छ ।
Home मुख्य समाचार बकैयाको एकैपरिवारका ३ जनामा कोरोना पुष्टि, परिवारका सबै सदस्यहरुको कोरोना परिक्षण गर्ने...