हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध ट्रामाडोलसहित हेटौँडा–१३ पदमपोखरी ठुलोथलीबाट एक जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुका ७ बजेर ३० मिनेटको समयमा लागूऔषध कारोवार भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ठुलोथलीबाट लागूऔषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले सोहि स्थान बस्ने ४५ वर्षीय राज कुमार मोक्तानलाई पैदल हिडिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले राजकुमारको साथबाट दुई हजार एक सय क्याप्सुल लागूऔषध ट्रामाडोल बरामद गरेको थियो । ट्रामाडोलसहित राजकुमारलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।











