हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२८, राप्ती नियन्त्रण मध्यवर्ती समुदायीक वनमा गैँडाको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वनको कार्यालयबाट एक सय मिटर भित्र बस्ने ६२ वर्षीय खिम बहादुर सुनार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा घाँस काट्न गएका सुनारलाई जङ्गली गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट सुनारको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।