सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे र सिन्धुपाल्चोक जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

काभ्रेमा रहेको धुलिखेल अस्पताल उपचारको क्रममा मृत्यु भारतिय नागरीकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बैङलौर कर्नाटक बस्ने ६२ वर्षीया भर्मलक्ष्मी नरशिम्मा शेट्टी रहेको प्रहरीले जानकारी दिएको छ । भर्मलक्ष्मी गत साउन २७ गते नेपालको कैलाश मानसरोबर दर्शन गरि फर्कने क्रममा सिन्धुपाल्चोकको कोदारी नाकामा एक्कासी बिरामी भएका थिए । भर्मलक्ष्मीको स्थानिय कोदारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा बिहीबार राती ९ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेको पनौती नगरपालिका–१२ र ८ को सिमाना डिगाउँस्थितमा देबारखोलामा एक बालिका मृत फेला परेकि छन् । मृत फेला पर्नेमा भक्तपुर जिल्लाको सुर्यबिनायक नगरपालिका–८, नैचाल बस्ने ९ वर्षीया रसमु तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । बालिका बिहीबार दिउँसो १ बजेको समयमा नैचाल स्थित खोला तर्ने क्रममा बगाएर बेपत्ता भएकी थिइन् । बालिका साँझ ५ बजेर २० मिनेटको समयमा देबारखोलामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–१, धारापानीमा बाटोमा लडेर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय छिरिङ दोर्जे शेपा रहेको प्रहरीले जानकारी दिएको छ । भदौ २ गते बिहान ९ बजेको समयमा भोटेकोशी गाउँपालिका–४, हिन्दी तुसारेबाट भारी बोकेर घरमा आउने क्रममा बाटोमा लड्दा शेर्पा गम्भिर घाइते भएका थिए । शेर्पालाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा बिहीबार साँझ ६ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।