सहकारीकर्मी सुलोचना स्याङ्तानलाई सम्मान गरिँदै ।

हेटौंडा : रेडियो थाहा संचार हेटौंडाले हरेक वर्ष जस्तै यसपाली पनि नेपाली नारीहरुको पर्व हरि तालिका तीजको अवसरमा थाहा नारी रत्न सम्मान तथा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । हेटौंडामा शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । कार्यक्रम रेडियोका प्रबन्ध निर्देशक अरुणराज सुमार्गीको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको हो ।

रेडियो थाहा संचारका स्टेशन म्यानेजर गोकुल अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मकवानपुरगढीकी सामाजिक व्यक्तित्व सुलोचना स्याङ्तानलाई यस वर्षको थाहा नारी रत्नबाट सम्मान २०८२ बाट सम्मान गरिएको छ । कार्यक्रममा विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरुको सहभागिता रहेको थियो । सो क्रममा गायिका पबित्रा यात्रीले आफ्नो साङ्गीतिक प्रस्तुती दिएका थिए भने हेटौंडा एकेडेमीबाट आएका बालिकाहरुले नृत्य देखाएकामा थिए । साथै पन्चेबाजाको टोलीले पनि प्रस्तुति दिएको थियो ।