त्रिभुवन राजपथ सुचारु भए पश्चात गन्तब्य तर्फ जाँदै यात्रुहरु ।

हेटौँडा : हेटौंडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ सुचारु भएको छ । शुक्रबार साँझदेखि भेल बाढी र पहिरोले अवरुद्ध उक्त सडक संचालनमा ल्याइएको हो ।

शुक्रबार राती १० बजेर १० मिनेटको समयमा मकवानपुर भिमफेदी गाउँपालिका–१ बागझोरा नजिक पहिरो खस्दा त्रिभुवन राजपथ सडक अवरुद्ध भएको थियो । बागझोराको भेल नियन्त्रण भए लगत्तै उक्त स्थानको ५०० मिटर पश्चिम तर्फ सडक माथिबाट पहिरो झरी बाटो पुर्ण रुपमा अवरोध भएको थियो ।

शनिबार बिहानैबाट पहिरो पन्छाएर दिउँसो १२ बजेबाट बाटो एकतर्फी रूपमा सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडक संचालनसंगै सवारी आवागमन खुल्ला गरिएको प्रहरीले जनाएको छ ।