गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको पूर्विक्षेत्रस्थित बागमती गाउँपालिका–५, लिलावनस्थित बागमती नदि किरानमा एक महिलाको शव बरामद भएको छ ।

सोमबार बिहान ८ बजेको समयमा नग्न अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आन्दाजी ३०–३५ वर्षीया महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । महिलाको शव अहिले हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ ।