रोहितको साथबाट बरामद भएको लागूऔषध गाँजा ।

हेटौँडा : प्रतिबन्धित लागूऔषध गाँजासहित चितवन जिल्लाको राप्ती नगरपालिका–१२ का २७ वर्षीय रोहित चेपाङलाई मकवानपुर प्रहरीले हेटौँडा–१५, रातोमाटेबाट पक्राउ गरेको छ ।

बुधबार दिउँसो २ बजेर ५० मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले रोहितलाई पक्राउ गरेको हो । नारायणगढबाट बीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ६९१ नम्बरको यात्रुबाहक बसमा सवार रोहितको साथबाट प्रहरीले ७ किलो ४५० ग्राम गाँजा बरामद गरेको बिहीबार जनाएको छ । रोहितलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट हिरासतमै राखी थप अनुसन्धान गर्न अनुमति लिएको छ ।