फाइल तस्वीर ।

हेटौंडाः आज मंगलबार हेटौंडाको आइसोलेसन वार्डबाट १ सय २९ जनाको कोरोना परिक्षण गर्न स्वाबको नमूना संकलन गरिएको छ । पछिल्लो समय दैनिक १ सयको हाराहारीमा आइसोलसन वार्डबाट स्वाबको नमूना संकलन भइहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।

केही समयअघि सम्म दैनिक १० देखि १५ वटा स्वाबको नमूना संकलन हुने आइसोलसन वार्डमा अहिले दैनिक १ सय भन्दा माथि नमूना संकलन हुन थालेको चौलागाईले बताउनुभयो । आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक चौलागाईका अनुसार उपत्यका जान चाहने र विभिन्न कार्यालयका कर्मचारीहरुको पनि पिसिआर परिक्षण गरेकोले नमूना संकलन बढी भएको हो ।