हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट अस्ती आइतबार र हिजो सोमबार संकलन गरिएको स्वाबको नमुना मध्ये ४६ जनाको कोरोनाको रिपोर्ट आउन बाँकी रहेको छ । हालसम्म २९ वटा नमूनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने अन्यको परीक्षण भइरहेको छ ।

बाँकी १७ वटा नमूनाको कोरोना रिपोर्ट अहिले दिउँसो १ बजेसम्म आइपुग्ने आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।