हेटौँडा : खेतमा वन्यजन्तु प्रवेश नगरोस् भनी बनाइएको विद्युतीय अवरोधमा परी मकवानपुरको मनहरी–६, जोगीतालमा एकजनाको मृत्यु भएको छ । बुधबार बिहान ९ बजेको समयमा करेन्ट लागेर चितवन जिल्लाको राप्ती नगरपालिका–१ का ३५ वर्षीय लालबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार खेत, बारीमा वन्यजन्तु प्रवेश नगरोस् भनी राखिएको विद्युतीय अवरोधमा आफैं परी मोक्तानको मृत्यु भएको हो । मोक्तानको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।