हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरको आज पाँचौं जिल्ला सभा भएको छ । जिल्ला सभाको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जिल्ला समन्वय समितिको अधिकार र क्षेत्र संविधानले तोकेपनि आफ्नो भूमिका आफैंले खोजेर स्थापित गर्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आफ्नो भूमिका स्थापित गरेर जिसस मकवानपुरले जबर्जस्त कार्य गरेको पनि बताउनुभएको छ ।

उहाँले संघ, प्रदेश र स्थानीय तहमा आफ्नो भूमिका स्थापित गरेर संविधानले दिएको अधिकार भन्दा बढी कार्य जिल्ला समन्वय समिति मकवानपुरले गरेको बताउनुभयो । उहाँले बागमती प्रदेशमा रहेका समन्वय समितिहरुमध्ये जिल्ला समन्वय समिति मकवानपुर ऊर्जाशील र गतिशील रहेको बताउनुभयो । प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाले स्थानीय तहको बेरुजु फछ्र्यौट बारे छलफल हुनुपर्ने बताउनुभयो । उहाँले संघीय सरकारको बेरुजु फछ्र्यौट हेर्ने छुट्टै निकाय भएको, प्रदेशको पनि लेखा समिति भएको तर स्थानीय तहको भने महालेखा परीक्षकले बेरुजु निकाल्ने तथा त्यतिकै छाड्ने हुँदा स्थानीय तहमा बेरुजु हेर्ने निकाय खडा हुनुपर्ने बताउनुभयो । यसले सुशासन कायम गर्ने सांसद खतिवडाले विश्वास व्यक्त गर्नुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा भएको जिल्ला सभाको उद्घाटन समारोहमा बागमती प्रदेशका प्रदेश सभाका सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, जुनेली श्रेष्ठ, प्रेम बहादुर पुलामी, प्रमुख सचिव मान बहादुर बिके लगायत मकवानपुरका दसै स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुको सहभागिता रहेको थियो ।