हेटौँडा : हेटौँडा अस्पतालको भवन निर्माणमा खटिएका मजदुर लडेर गम्भीर घाइते भएका छन् ।

मंगलबार साँझ ६ बजेको समयमा अस्पताल भवनको फलामको भर्‍याङमा रेलिङ बनाउने क्रममा लडेर करिब ४० फिट तल खसेका पर्सा जिल्लाको भवानीपुर गाउँपालिका–५ का २२ वर्षीय मुकेश महतो गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । महतोको टाउको, बायाँ हात र ढाडमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।