हेटौंडाः बागमती प्रदेश मातहतका ८ अस्पतालका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरुसँग सामाजिक विकास मन्त्रालयको २ दिने कार्यशाला सकिएको छ । बुधबार र बिहीबार सामाजिक विकास मन्त्रालयले मन्त्रालयमै छलफल गरेको हो ।

अस्पतालको आगामी काम तथा योजना, सबै अस्पतालबीच समन्वयात्मक ढंगले उपचार सेवा प्रभावकारी बनाउने, कर्मचारी व्यवस्थापन, चिकित्सकको व्यवस्थापन, अस्पतालको आवश्यकता लगायतका विषयमा कार्यशाला केन्द्रित रहेको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको बजेट लगायतका विषयमा पनि छलफल भएको हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । छलफलमा सामाजिक विकासमन्त्री युवराज दुलाल, सचिव दीपक काफ्ले लागयतको पनि उपस्थिति रहेको थियो भने छलफलमा मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाई, जनस्वास्थ्य अधिकृत सतिश विष्टले सहजीकरण गर्नुभएको थियो ।